राजनीति

एमाले सिंह हो, गठबन्धन स्यालको बथानः एमाले अध्यक्ष केपी ओली

Banner

पाल्पा,चैत १४-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको राजनीतिक ‘सिंह’ भएको बताएका छन्। एमाले पाल्पाले मंगलबार तानसेनको दमकडामा आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले १० दलीय सत्तारुढ गठबन्धन स्यालको बथान भएको टिप्पणीसमेत गरे।

पछिल्लो समय एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको र यस्तो अवस्थामा एमालेले एक्लै लडिरहेको उनको भनाइ थियो। ‘एक्लै लड्छ‚ सिंह एक्लै हिँड्छ। स्यालहरू बथानमा हिँड्छन्। स्यालहरू एक्लै हिँड्यो भने बाघले खाने डर हुन्छ‚’ ओलीले भने‚ ‘सिंह जंगल नियाल्दै लमकलमक एक्लै हिंडिरहेको हुन्छ। सिंह आफूलाई कसैले शिकार गर्छ भन्ने पत्यारै गर्दैन‚ बरु शिकार भेटिन्छ कि भनेर हिँडेको हुन्छ। १० दलीय गठबन्धन स्यालहरू हुन्‚ डराइडराइ जंगलमा हिँडिरहेका हुन्छन्। सिंहले एक्लै फेला पारे खाइहाल्छ कि भन्ने डर हुन्छ स्याललाई।’

पार्टी सिध्याएको बेला पार्टी विघटन गरेर छिन्नभिन्न भएको अवस्थामा पनि एमाले लोकप्रिय मतका आधारमा पहिलो पार्टी बन्न सफल भएको उनले दावी गरे। पार्टी कब्जा गर्न नसकेर माधवकुमार नेपाल र प्रचण्डले पार्टी फुटाएको आरोप ओलीले लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>