राजनीति

पचास वर्ष रगत–पसिना बगाएर बनाएको पार्टी एमाले छाड्दिनँः भीम रावल

Banner

धनगढी,चैत १४ –

एमाले नेता भीम रावलले आफू अहिलेसम्म एमालेको सदस्य रहेको र अन्तिम बिन्दुसम्म अडिने बताएका छन् । एमालेको मिसन ग्रासरुट अभियानका क्रममा अछाममा भइरहेको गतिविधिका सन्दर्भमा मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले उक्त धारणा राखेका हुन् । उनले पचास वर्ष रगत–पसिना बगाएर बनाएको पार्टी भएकाले एमाले नछाड्ने बताए ।

‘एमाले सदस्य नै बन्न पाउँदैनस् भन्छन् भने बेग्लै कुरा,’ उनले भने ‘अहिले त मेरै गाउँठाउँमा गएर कार्यकर्ताहरुसँग भेटघाट, कार्यक्रम गर्दा पनि अछामका नेता, कार्यकर्ताहरुलाई स्पष्टीकरण सोध्ने काम भइरहेको छ ।’सोमबार अछामको साँफेबगर नगरपालिकामा पार्टीका उपाध्यक्ष बिष्णुप्रसाद पौडेलसहितका नेताहरु उपस्थित कार्यक्रममै तनाव उत्पन्न भएको थियो । साँफेबगरमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपस्थित कार्यक्रम बिथोलिएको छ । उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित रहेको पार्टीको आन्तरिक कार्यक्रममा सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले भीम रावलका विरुद्ध बोल्न थालेपछि रावल पक्षधर कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>