राजनीति

प्रधानमन्त्रीज्यू,गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैनः महामन्त्री शर्मा

Banner

काठमाडौं, चैत १४-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए।

सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको छ। कांग्रेस महामन्त्री शर्माले गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने पनि बताएका छन्।

‘प्रधानमन्त्रीज्यू, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन,’ आज ट्वीट गर्दै उनले भने, ‘प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुस्खद र आपत्तिजनक थियो। आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>