राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

Banner

काठमाडौँ, चैत्र १४-

पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको हो।

एकीकृत समाजवादीका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>