राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटार पुगे

Banner

 काठमाडौँ, चैत्र १४-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटार पुगेका छन् ।
मन्त्रालय भागबन्डा पेचिलो बनिरहेका बेला अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

अहिले प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ । एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् ।

आजै साँझ ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा कुरा मिले आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>