राजनीति

उपनिर्वाचनअघि सरकारमा जानुपर्ने रास्वपाभित्र दबाब

Banner

काठमाडौं,चैत १३-

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उपनिर्वाचनअघि नै सरकारमा सहभागी हुनुपर्ने दबाब बढेको छ । पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको अवस्थामा सरकार बाहिर बस्न उपयुक्त नहुने आवाज पार्टीभित्र उठेको हो । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सत्तापक्षकै भएकाले सरकारमा सहभागी हुन ढिला गर्न नहुने पार्टीभित्र आवाज उठिरहेको बताए । उनले पार्टीभित्र औपचारिक छलफल नभए पनि आफूलगायत धेरै सांसदहरू सरकारमा जानुपर्ने पक्षमा रहेको जानकारी दिए ।

“हामीले विश्वासको मत नदिएर प्रतिपक्षमै बसेको भए त्यो छुट्टै बहस हुन्थ्यो । तर, हामीले विश्वासको मत दिइसकेका छौं । अनि किन हामीले सरकारमा जान ढिला गर्ने ? ,” उनले भने । बैशाख १० मा हुने उनिर्वाचनपछि सरकारमा जाने विषयमा पनि छलफल गरिरहेको छ । पार्टी सभापति रवि लामिछानेले नै चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बनेका छन् ।

पार्टी सभापतिनै निर्वाचन लडेको अवस्थामा उपनिर्वाचनपछि सरकारमा जाने हो कि भन्ने विषयमा पार्टीभित्र बहस भइरहेको उनी बताउँछन् । तर सरकारको विषयमै निर्णय गर्न भने पार्टीको औपचारिक बैठक नबोलाइएको श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>