नवलपुर

पूर्वी नवलपरासीको विनयीत्रिवेणीमा एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

Banner

कावासोती, चैत १२-

पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आज दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए । बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन् ।

जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो । भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम ९गोला० हुन् । साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट हुँदा एक सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले भर्खरै सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ गएको जानकारी दिनुभयो । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>