राजनीति

जाँड-रक्सी खाने मान्छे एमाले हुन सक्दैनः अध्यक्ष केपी ओली

Banner

अर्घाखाँची,चैत १२-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ । एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको बताउँदै एमालेबाहेकका दलहरू राष्ट्रलाई खोक्रो पार्ने अभियानमा रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘विपक्षीहरूले राष्ट्रिय शक्ति निर्माणको कामलाई अगाडि बढाउन नदिएको प्रयासलाई असफल पारेर एमालेले मिसन ग्रासरुटमार्फत मिसन ५१ प्रतिशत उपलब्धि हात पार्छ ।’

एमालेजस्तो पार्टीका कार्यकर्ताले पाटीलाई भोट नदिने कुरा सोच्नै नसक्ने बताउँदै ओलीले व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>