राजनीति

सवारी होइन आवागमन शब्दको प्रयोग गरौं: राष्ट्रपति पौडेल

Banner

गोरखा, चैत १२-

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ नभनी ‘आवागमन’ शब्द प्रयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा गोरखा पुगेका राष्ट्रपति पौडेलले ‘सवारी’ शब्द सामान्तवादको प्रतीकको रुपमा रहेको भन्दै भ्रमणमा ‘आवागमन’ शब्दको प्रयोग गर्न आग्रह गरे ।

‘देशमा गणतन्त्र आएको छ । राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा केही फरक हुन्छ भन्ने विषयलाई हेक्का राख्छु भनेर मैले भनेको थिएँ । अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा प्रयोग नगरौं । अवागमन शब्द प्रयोग गरे हुन्छ । सवारी आगन्तुक शब्द हो, फारसी शब्द हो,’ पौडेलले भने, ‘सवारी समान्तवादको प्रतीकको रुपमा लिइएको हुनाले त्यसलाई नयाँ रुपमा प्रस्तुत गरौं । आवागमन शब्दलाई प्रयोग गरौं भनेर भन्ने अनुरोध गर्न चाहन्छु ।’ तस्बिर:  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>