राजनीति

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गरियोस्: महामन्त्री शर्मा

Banner

काठमाडौं, चैत १२-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्ने क्रममा झापा १ का सांसद शर्मालेभूमिहीन र अव्यवस्थित नागरिकको समस्या समाधान गर्न ४ बुँदे आग्रह गरेका हुन्।
नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गर्न, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाउन, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाउन र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको घोषणा गर्न शर्माले सरकारसँग आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>