राजनीति
रेशम चौधरी केही महिनामै रिहा हुन्छ: उपेन्द्र यादव

कैलाली, चैत १२-
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही महिनामै रिहा हुने बताएका छन् ।
आज (आइतबार) धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतबाट चौधरी रिहा हुने बताएका हुन् । ‘रेशम चौधरीलाई रिहा गर्नु पर्छ । थरुहट आन्दोलन ले उठाएका मुद्दाहरु सम्बोधन गर्नुपर्छ, उनले भने, ‘ रेशम चौधरी केही महिना भित्रै रिहाइ हुने, सर्वोच्च अदालतले रिहाइ गर्छ भन्ने सम्भावना देखिन्छ।’
मुद्दाको प्रकृति हेर्दा उनी रिहाइ हुने सम्भावना रहेको यादवको दाबी थियो । अर्को प्रसङ्गमा उनले नेकपा एकीकृत समाजवादीसँग एकता हुन ढिलाइ हुनुको कारण पनि खोले ।
‘नेकपा एस र जसपाकोचीमा एकता गर्ने कुराहरू चर्चा परिचर्चामा अगाडी बढेको छ । एक दुई पटक छलफल भएको छ । धेरै कुरा मिल्छ एउटा समस्या छ जसपा समाजवादी पार्टी पार्टी हो अगाडी बढिसकेको छ’ उनले भने , नेकपा छोडेर एकीकृत समाजवादी मात्रै राखे एकता सम्भव छ ।’



























