राजनीति
उपराष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला पुगे यादव
०

जनकपुरधाम,चैत १२-
उपराष्ट्रपति रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला बारा पुगेका छन् ।
उपराष्ट्रपति यादवलाई एयरपोर्टमै पुगेर मधेसका मुख्यमन्त्री सरोजकुमार यादव र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । गढीमाई मन्दिरमा दर्शनपश्चात उनी दुई दिन गृहजिल्ला बारामा बिताउने बुझिएको छ ।
जनता समाजवादी पार्टीले यादवलाई उपराष्ट्रपति बनाएपछि उनको क्षेत्र बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यहाँबाट जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा चलिरहेका बेला उपराष्ट्रपति यादव आफ्नो पूर्व निर्वाचन क्षेत्र पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























