राजनीति

सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेका छन्: उपाध्यक्ष पौडेल

Banner

काठमाडौं, चैत १२-

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनको तमासा अहिले जनताले हेरिरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताएका हुन् ।

उनले भने, ‘दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको छ । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएको धेरै दिन भयो । तर मन्त्रिमण्डल विस्तार गर्न सरकारले सकिरहेको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>