राजनीति

१० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्‍न पार्छः एमाले अध्यक्ष ओली

Banner

कपिलवस्तु,चैत ११ –

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने गरी काम गरिरहेको आरोप लगाएका छन् । शनिबार बुङ्चीमा आयोजित जिल्लास्तरीय प्रशिक्षणमा उनले यस्तो बताएका हुन् । ‘पुतलीको एउटा चरण हुन्छ, लार्भा त्यसपछि झुसीलकिरा । त्यसले त रुखका पात मात्र निमिट्यान्न पार्छ । दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यीनीहरुले त देश नै निमिट्यान्न पार्न उद्यत छन्,उनले भने ।

आफू प्रधानमन्त्री भएका बेला असाधारण काम भएको दाबी गर्दै उनले वर्तमान सरकारले देश र जनताका लागि काम नगरिरहेको आरोप लगाए । ‘विदेशीका लागि, विदेशीको इसारामा काम गर्ने होइन । देश र जनताका लागि काम गर्नुपर्छ । तर, अहिले त्यस्तो भइराखेको छैन, ओलीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>