राजनीति

उपप्रधानमन्त्री श्रेष्ठको दाबी: मन्त्रिपरिषद्ले दुई दिनभित्रै पूर्णता पाउँछ

Banner

काठमाडौं, चैत ११-

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषदले दुई दिन भित्रै पूर्णता पाउने दाबी गरेका छन्।

शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मन्त्रालय बाँडफाँडको विषयमा सत्तारूढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सो दाबी गरेका हुन्।

उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए। उनले भने, ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन। गम्भीर नै छ। तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ। सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ। एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ। त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>