राजनीति
देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढङ्गले अघि नबढेकाले सन्तुष्ट हुनुपर्ने अवस्था छैन: डा.भट्टराई
०

सुर्खेत, चैत्र ११-
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा देशको अवस्था ठिक नरहेको बताएका छन् । पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत आएका उनले पत्रकारसँग कुरा गर्दै वर्तमान अवस्थामा देशको अवस्था ठिक नरहेको बताएका हुन् ।
उनले अहिले देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढङ्गले अघि नबढेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताए ।
‘राजनीतिक भनेको पावर केन्द्र हो,’ भट्टराईले भने,‘ कति बेला के हुन्छ भन्ने थाह हुँदैन, यो सरकार स्थिर भएर अगाडि बढ्नुपर्छ भन्ने नै हो ।’
माओवादीसँग एकता हुने सम्बन्धमा उनले वार्ता टोली बनाएर छलफल जारी रहेको बताए । दुईवटा पार्टी भन्दा पनि त्यो बाहेक अरु कम्युनिस्ट दलहरुसहितको एउटा समाजवादी धारा निर्माण गर्नुपर्छ भन्ने पक्षहरु पनि रहेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>