राजनीति

समस्या समाधान नहुने भए मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ छैन: अध्यक्ष ओली

Banner

काठमाडौँ, चैत्र ११-

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टी निकट जनवर्गीय सङ्गठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका हुन् ।

उनले कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको बताए । उनले विदेशमा काम गरेर फर्केकाहरूले बनाएको सङ्गठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए ।

विदेशमा बसेर फर्केकाहरूले केही ज्ञान, केही सिप, केही सङ्कल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिए । अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूले काम गर्नुपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>