राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए दोश्रो पटक विश्वासको मत

Banner

हेटौंडा, चैत १०-

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलो पटक विश्वासको मत प्राप्त गरेका थिए ।

माओवादी नेतृत्वको सरकारमा सहभागि भएको राप्रपाले केन्द्रीय समिकरणमा फेरबदल भएको भन्दै गत गत फागुन १३ गते बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर सरकार छाडेको थियो ।

राप्रपाले सरकार छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने भएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विशवासको मतको लागि प्रदेशसभामा प्रस्ताव गरेका थिए ।

जम्कट्टेलले विश्वासको मतको लागि गरेपछि उनलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको छ । जम्मकट्टेलले कुल ११० प्रदेशसभा ९१ मध्ये बैठकमा उपस्थित ६७ जनाले ले विश्वासको मत दिएका छन भने विपक्षमा १७ मत आएको छ । मत दिन्न भन्नेमा ७ मत आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>