राजनीति

तीन मन्त्रालय र उपनिर्वाचनमा एक सिट नपाए सरकारमा जान्नौंः झलनाथ खनाल

Banner

काठमाडौं,चैत १०-

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सरकार गठन र आसन्न उपनिर्वाचनमा एक सिट दिने सहमति नभए पार्टी सरकारमा नजाने बताएका छन् । सरकारलाई पूर्णता दिने र उपनिर्वाचनमा गठबन्धन टिकाइराख्न आफ्नो दलले सम्मानजनक स्थान पाउनुपर्ने उनको दाबी छ । संघीय सरकारमा प्रतिनिधित्वका लागि तीनवटा मन्त्रालय र उपनिर्वाचन हुन लागेका बारा–२, तनहुँ–१ र चितवन २ गरी तीनमध्ये कुनै एक ठाँउमा आफ्नो पार्टीले साझा रुपमा उम्मेदवारी दिने वातावरण बन्नुपर्ने उनले स्पष्ट पारे ।

पार्टी कामको सिलसिलामा पाँचथर आइपुगेका खनालले शुक्रबार बिहान पत्रकार सम्मेलनमा भने, ‘‘संघीय सरकारमा तीन मन्त्रालय र संघीय संसद्मा रिक्त बारा २,चितवन २ र तनहुँ–१ मध्ये एक सिटमा सहमति नभए सरकार बाहिरै रहन्छौं ।’ गठबन्धन मुलुकको आवश्यकता भए पनि छिनछिनमा नयाँ समीकरण बन्नु देशका लागि घातक हुने उनको टिप्पणी थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>