राजनीति

पार्टीमा संगठित सदस्यले दुई मत संरक्षण गरेको भए रवि लामिछाने नेतृत्वको पार्टीलाई उछिन्थ्यौंः माधव नेपाल

Banner

काठमाडौं, चैत १०-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचन प्रणालीमा चौथो भएको बताएका छन् । पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै उनले अहिले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतभारको हिसाबले पनि आफ्नो पार्टी चौथो रहेको बताए ।

नेपालले भने, ‘जम्मा चार सीट जितेको बीजेपी भारतको राजनीतिमा कहिले पनि नहार्ने शक्तिको रूपमा देखिएको छ । त्यसकारण कुन पार्टीले कतिबेला कति सीट ल्याएको छ । त्यो ठूलो कुरा होइन । क्यानडाको राजनीतिमा सबैभन्दा बढी सीट ल्याएको पार्टी अर्कोचोटि शून्य ठाउँमा पुगेको छ । दुई सीट ल्याएको पार्टी शक्तिमा पुगेको छ । त्यस्ता दृष्टान्त धेरै छन् । अहिले हाम्रो पार्टीले प्रत्यक्ष निर्वाचनमा चौथो स्थान हासिल गरेको छ । अहिले पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतभारको हिसाबले हाम्रो पार्टी चौथो स्थानमा रह्यो । तर, समानुपातिक मतको सम्म हिसाब जोड्दा हाम्रो पार्टी तल सातौं स्थानमा पुगेको छ । त्यो पनि हाम्रै कमजोरीले ।’

उनले पार्टीमा संगठित सदस्यले दुई मत संरक्षण गरेको भए रवि लामिछाने नेतृत्वको पार्टीलाई उछिन्ने बताए ।

‘हाम्रो संगठित भएको सदस्य एक लाख ३६ हजार छ । एक व्यक्तिले दुईजनालाई मनाउन सकेको भएपनि हामीलाई तीन लाख मत कटाउन मुस्किल थिएन । हामीले सजिलै चौथो पार्टी बनाउनसक्थौं । हामीले रवि लामिछानेको पार्टीलाई उछिन्थौं । राप्रपा, जसपालाई उछिन्थौं’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>