राजनीति
जनसंख्या सन्तुलित नभएकोमा प्रधानमन्त्री प्रचण्डको चिन्ता
०

काठमाडौं, चैत १०-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसंख्या सन्तुलित नदेखिएको बताएका छन् । राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उनले कम उमेरको संख्या घट्दै गएको र बढी उमेरका जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको बताएका हुन् । उनले यो चिन्ताको विषय रहेको बताए ।
प्रधानमन्त्रीले भने, ‘तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिवद्धता मापनमा सहयोग पुग्नेछ । तीनवटै तहका योजना बनाउन महत्वपूर्ण हुनेछ, जनसंख्याको वृद्धिदर घट्ने क्रममा छ, पहाड र हिमालको ग्रामीण भेगमा घट्ने, तराईमा बढ्दैछ । जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रम ल्याउन जनगणनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























