राजनीति
मओवादी केन्द्रका नेता कार्यकर्ता पढ्न थाले

काठमाडौं, चैत ९–
नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता कार्यकर्ता पढ्न थालेका छन् । मंगलबारदेखि पार्टीको कार्यालय पेरिसडाँडामा प्रशिक्षणात्मक कक्षा चलिरहेको छ । ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट छनोट गरिएका १५७ जना सहभागी उक्त प्रशिक्षण चैत ११ गतेसम्म चल्नेछ ।
केन्द्रीय स्कुल विभागका संयोजक गिरिराजमणि पोखरेलका अनुसार आलोचनात्मक चेत भएका मान्छे उत्पादन गर्ने र नेता कार्यकर्ताहरुलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउने पाँचदिने प्रशिक्षणको मुख्य उद्देश्य छ । सशस्त्र युद्धका बेला पार्टीले स्कुलिङ र विचारधाराको कामलाई धेरै महत्व दिने गरेको पोखरेल बताउँछन् ।
तर, शान्ति प्रक्रियामा आएपछि पार्टीको स्कुल विभाग प्रायः निष्क्रिय रह्यो । ‘१५ वर्ष भएछ हाम्रो पार्टी स्कुल नचलेको’ नेता कार्यकर्तालाई पढाउनुपर्नाको कारणबारे स्कुल विभागका संयोजक पोखरेल भन्छन्, ‘यसबीचमा हाम्रो विचारधारात्मक स्तर निकै कमजोर भएर गएछ ।’



























