राजनीति

जनमत पार्टी सधैँ किसानको पक्षमा हुन्छ: अध्यक्ष राउत

Banner

सिराहा, चैत ७-

जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउतले सरकारले मलमा कटौती गरेको अनुदान आफ्नै पार्टीको दबाबका कारण फिर्ता भएको दाबी गरेका छन् ।

गोलबजार नगरपालिका ८ पुरानो चोहर्वामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदको तलब भत्ता कटाउनुस् तर किसानले पाउने मलको अनुदान नकटाउनु भनेर पार्टीले दबाब दिएपछि सरकारले अनुदान यथावत् राखेको बताए ।

उनले भने, ‘अहिले जनप्रतिनिधिहरू लाखौंको गाडी चढेर हिँडिरहेका छन्, यसलाई नियन्त्रण गर्नु पर्छ। तर, किसानले पाउने सानो सहयोग यथावत् राख्नु पर्छ ।’ राउतले ठूला व्यापारीको राजस्व माफ गर्ने तर किसानले पाउने सानो सहयोग पनि सरकारले कटौती गर्न नमिल्ने बताए । उनले पार्टी सरकार किसानको पक्षमा रहेको बताए ।

जिल्ला पार्टीको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौंको संख्यामा कार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेको जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>