राजनीति

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल

Banner

काठमाडौं,चैत ७-

राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भेट तथा शुभकामना दिन आएका नेपाल शिक्षक संघको पादधिकारीहरुसँग कुरा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न हुनु पर्ने बताए ।

उनले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । संघका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधार बेगर मुलुकको हित हुँदैन भन्दै संघीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पारे ।

संघका अध्यक्ष पौडेलले राष्ट्रपति पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गरे भने संघका महासचिव सोमनाथ गिरीले सम्मानपत्र वाचन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>