राजनीति

उपेन्द्र यादवविरुद्ध उम्मेदवार तयार गर्दै सीके राउत

Banner

काठमाडौँ, चैत ७-

बारा संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गर्ने तयारी गरेको छ ।बारा–२ मा जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुने भएको हो ।

बारा–२ मा जसपाका अध्यक्ष यादवलाई गठबन्धनको साझा उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला जनमत पार्टी भने छुट्टै उम्मेदवार उठाउने तयारीमा जुटेको हो ।जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बारा–२ मा आफ्नो पार्टीबाट उम्मेदवारी पर्ने बताए । उनले भने, ‘गठबन्धन सरकार बनाउनका लागि बनेको हो, चुनाव गराउनका लागि होइन, गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गर्न लाग्दा हामीले पनि आफ्नो कुरा राख्नेछौं । हाम्रो दलका लागि सहमति नभए पनि उम्मेदवार उठाउँछौं ।’

उपराष्ट्रपतिको निर्वाचनमा पनि आफूहरूले दाबी गरेको उल्लेख गर्दै उनले सोही अनुसार ममता झा उम्मेदवार रहेको बताए । उपनिर्वाचनमा पनि जनमत पार्टीले आफ्नो उम्मेदवार उठाउने उनको भनाइ छ । क्षेत्रमा पकड भएको नेतालाई उम्मेदवार बनाउने गरी जनमतले तयारी गरिरहेको छ ।

जनमत पार्टीले बुधवार बारामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस, जसपा, लोसपालगायत केही नेता तथा कार्यकर्ताहरू जनमतमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । बुधवार पार्टी प्रवेश गर्ने नेतामध्ये एक जनालाई उम्मेदवार बनाउने जनमत पार्टीका एक नेताले बताए ।

मंसिर ४ को निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराएका थिए । उपनिवाउपेन्द्र यादव पुनः बारा २ बाट चुनाव लड्दैछन् । बारा २ मा यादव उम्मेदवार भएमा लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतका दलसँग छुट्टै चुनावी गठबन्धन गरिने जनमत पार्टीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>