राजनीति

प्रचण्ड नेपालको नेल्सन मण्डेला: मन्त्री मोदी

Banner

काठमाडौँ, चैत ७-

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिए । संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडित जातिहरूले पर्याप्त हक, अधिकार नपाएको बताए ।

मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च) को सन्दर्भमा काठमाडौँमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडित जातिहरूले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताए । उनले भने – ‘माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरू बोल्न पाए । आज समावेशीको नाममा माओवादीका मन्त्रीमण्डलमा २÷३ जना जनजाति छौँ । एक जना दलित छौँ । एउटा थारुको छोरा छौँ । वास्तवमा समाजको विभेद अन्त्य गर्नको निम्ति माओवादी आन्दोलन थियो । जतिखेर माओवादी आन्दोलनको एउटा सूत्रधार संविधानसभामा संविधान कोर्ने बेला थियो त्यति बेला हामीले बुझ्न सकेनौँ । अहिले ठूल्ठूला कुरा गर्दैछौँ ।’

‘त्यतिखेर भोट दिने बेलामा, जतिबेला आफ्नो भाग्य र भविष्य निर्माण गर्ने बेलामा संविधानसभामा हाम्रो आफ्नो मत दिएर, आफ्नो अधिकारको निम्ति तपाईंहरुले भोट हाल्ने बेलामा त्यतिखेर सम्झनु भएन । उखान छ, बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ रु त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो आज त्यही हालत छ,’ मन्त्री मोदीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>