राजनीति

प्रधानमन्त्री प्रचण्डद्धारा पन्थहिटी-कटहरे-साहिलटार सडक शिलान्यास

Banner

काठमाडौं, चैत ७-

प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा सडक शिलान्यास गरेका छन्।

गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी-कटहरे-हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलान्यास गरेका हुन्। बिमिरेमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायत पनि उपस्थित थिए।

२० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ।भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिउको हो। सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ।

वुड हिल–लामा जेभी महाराजगन्जले ३० महिनामा सक्ने गरी यो सडक निर्माणको ठेक्का लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>