राजनीति

मेयर हर्क साम्पाङविरूद्ध आजदेखि संघर्ष गर्ने वडाध्यक्षहरूको घोषणा

Banner

धरान,चैत ७-

धरान उपमहानगरका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर हर्क साम्पाङविरूद्ध मंगलबारदेखि संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन्। वडाध्यक्षहरूलाई स्वकीय सचिवका सहयोगीमार्फत् निर्देशनात्मक पत्राचार गर्न लगाएपछि बहुसंख्यक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको भन्दै २४ घन्टाभित्र माफी माग्न अल्टिमेटम दिएका थिए।

सोमबार साँझ ५ बजे उनीहरूको अल्टिमेटमको समय सकिँदा पनि मेयर साम्पाङले माफी नमागेको भन्दै वडाध्यक्षहरूले संघर्ष अनिवार्य बनेको बताएका हुन्। आज बिहान ७ बजे हामी बैठक बस्छौं र संघर्षका कार्यक्रम घोषणा गर्छौं’, वडाध्यक्ष मनोज भट्टराईले भने। धरानका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित २२ जनाले आइतबार पत्रकार सम्मेलन गरेर उक्त गल्तीप्रति सार्वजनिक रूपमा माफी माग्न भनेका थिए।

स्वकीय सचिवालयका कर्मचारी सुदर्शन लिम्बूले लेटरप्याडमा वडाअध्यक्षहरूलाई वडाका योजना र तिनको प्रगति विवरण पेश गर्न निर्देशनात्मक पत्राचार गरेको आरोप वडाध्यक्षहरूको छ। यही विषयले धरानका जनप्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>