नवलपुर

नवलपुरको गैंडाकोटमा ११ करोड लगानीमा होटल ताज महल एभरेष्ट खुल्यो

Banner

गैडाकोट,चैत ३-

गैंडाकोटमा रहेको होटल मुन स्टारलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याईएको छ । गैडाकोट नगरपालिका वडा नम्वर २ स्थित शिलान्यास चोकमा ११ करोड लगानीमा नयाँ व्यवस्थापनका साथ होटल ताज महल एभरेष्ट नामको होटल सञ्चालनमा आएको हो ।

११ बर्ष भारत तथा १९ बर्षसम्म जापानमा बसेर व्यवसाय सञ्चालन गर्दै आउनुभएका यमलाल सापकोटाले गैंडाकोटमा व्यवसाय सञ्चालनमा ल्याउनुभएको हो । पाँच कठ्ठा क्षेत्रमा फैलिएको होटलमा विबाह तथा विभिन्न पार्टी र सभा सेमिनार गर्नका लागि एक हजार जना बढी क्षमताको एसी हलसहितको व्यवस्था रहेको सापकोटाले जानकारी दिनुभयो ।

एकैपटक ६० जनासम्मलाई खाना खुवाउन मिल्ने होटलमा तन्दुरी, चाइनिज, कन्टिनेन्टल र टिपिकल नेपाली खानाको व्यवस्था रहेको छ । जापानमा १३ वटा चेन रेष्टुरेन्ट सञ्चालमा ल्याउनुभएका सापकोटाले नेपालमा आएर व्यवसाय सुरु गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>