घटना -दुर्घटना

ओखलढुङ्गाको चिसङ्खुगढीमा जीप दुर्घटना हुँदा दुइको मृत्यु, ९ जना घाइते

Banner

काठमाण्डौ,फागुन २१-

ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको ज्यान गएको छ भने ९ जना गम्भीर घाइते भएका छन् ।

चिसङ्खुगढी गाउँपालिका(३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जीपमा ११ जना यात्रु थिए । दुर्घटनामा घाइते हुनेमा तिर्थ लक्ष्मी थापा, शर्मीला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की रहेका छन् ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको छ । घाइते भएका धेरैजसोको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>