घटना -दुर्घटना

मकवानपुरको बकैयामा भीरबाट खस्यो कार, तीन जना घाइते

Banner

काठमाडौं, जेठ ५-

मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान साढे ७ बजे ललितपुरबाट हेटौँडा जाँदै गरेको ग ३ ९४७५ नम्बरको कार मकवानपुरको बकैयाँ गाउँपालिका-१२ चौतारास्थित कान्ति लोकपथ सडकमा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका हुन्।

घाइतेहरूमा बाराको निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दीप साह, रौतहटको मौलापुर नगरपालिका-६ का १७ वर्षीय विवेक साह र मकवानपुरको भीमफेदी गाउँपालिका-८ ६५ वर्षीय प्रेमबहादुर ब्लोन छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कार सडकबाट करिब पाँच सय मिटर तल खसेको हो।

कार दुर्घटनाग्रस्त अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटिएको थियो। कारमा सवार तीन जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>