राजनीति

नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक जारी

Banner

काठमाडौं,माघ ८-

नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक जारी रहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बत्तिसपुलतीस्थित अनुपम फुडल्याण्डमा बैठक अहिले जारी छ। बैठकमा गठबन्धन टुटेपछि पार्टीभित्रको विवाद, प्रधानमन्त्रीलाई दिएको विश्वासको मत, राष्ट्रपति निर्वाचन, यही १५ गते बस्ने केन्द्रीय समितिको बैठक लगायतको बिषयमा छलफल भइरहेको जनाइएको छ।

पाँच दलीय गठबन्धन छाडेर गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसमा विवाद चर्किएको छ। बैठकलाई सम्बोधन गर्दै नेता शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएर गल्ती गरेको स्वीकारिसकेका छन्।

बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतिहरू पनि सहभागी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>