Uncategorized

लैङ्गिक तथा यौनिक अल्पसंख्यकको राजनीतिक सहभागिता र अधिकारका विषयमा चितवनमा छलफल

०
Banner

चितवन, कार्तिक १८-

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता, अधिकार तथा सामाजिक समावेशीकरणका विषयमा चितवनमा एकदिने कार्यक्रम आयोजना गरिएको छ ।
मायाको पहिचान नेपाल तथा साझेदार संस्थाहरूको सहकार्यमा सञ्चालित ‘ब्रेकिङ ब्यारियर्स’ परियोजनाअन्तर्गत बुधवार कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी बुझाइ, समुदायको राजनीतिक सहभागिता, प्रतिनिधित्वका चुनौती तथा अधिकार पैरवीका प्राथमिकताबारे छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले समुदायले भोग्दै आएका समस्या, अनुभव र अधिकार सुनिश्चितताका लागि गर्नुपर्ने पहलका विषयमा विचार आदानप्रदान गरेका थिए । कार्यक्रममा उनीहरुले लैङ्गिक पहिचानको सम्मान र त्यसको सहज पहिचान हुन नसक्दा समुदायका व्यक्तिहरूले दैनिक जीवनमा भोग्नुपरेका समस्याबारे राखेका थिए । विशेषगरी अस्पताल तथा अन्य सार्वजनिक सेवामा लाइन बस्दा लैङ्गिक पहिचानका आधारमा सहज सेवा प्राप्त गर्न कठिनाइ हुने गरेको सहभागीहरूले बताएका थिए ।

उपचारका क्रममा समेत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले विभिन्न समस्या भोग्नुपरेको उनीहरूको भनाइ थियो । लैङ्गिक पहिचान परिवर्तनका क्रममा हर्मोन प्रयोग गर्दा सम्भावित स्वास्थ्य प्रभाव तथा साइड इफेक्टबारे सचेत रहनुपर्ने विषयमा पनि कार्यक्रममा सुझाव दिइएको थियो।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनीलबाबु पन्तले प्रशिक्षण दिनुभएको कार्यक्रममा राजनीतिकर्मी, सञ्चारकर्मी, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अगुवा तथा विभिन्न सरोकारवालाहरूको सहभागिता थियो । उनले लैङ्गिक तथा यौनिक विविधता, समुदायको पहिचान, अधिकार र सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>