राजनीति

सांसद श्रेष्ठको अनुरोधः महिला नेतृलाई चेली भनेर सम्बोधन नगरियोस्, आत्मीयता देखाउनै परे ५० प्रतिशत स्थान दिइयोस्

Banner

काठमाण्डौ,माघ ७–

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न अनुरोध गर्नुभएको छ । शनिबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले महिला नेतृलाई चेली भन्ने भए पुरुष नेतालाई के चेला भन्ने हो भन्दै प्रश्न गर्नुभयो । उहाँले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै महिलाहरुलाई पनि चेली नभन्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’

यस्तै उहाँले महिलाप्रति आत्मीयता नै देखाउनु छ भने ५० प्रतिशत महिलालाई संसदमा पठाउन पनि आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यदि आत्मीयता नै छ भने ३३ प्रतिशत न्यूनतम हो ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>