राजनीति
प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो तर लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयोः यादव
०

काठमाडौं, माघ ७-
जनता समाजवादी पार्टीका नेता राज किशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारप्रति चित्त दुखाएका छन् ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा उपसभामुख निर्वाचनका लागि सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको बताएका हुन् ।
यादवले प्रचण्डले पटक पटक मधेससँग आफ्नो लभ परेको बताए पनि बिहे अर्कैसँग गरेका बताए ।
यादवले भने– प्रचण्ड जीले लभ मधेससँग गर्छु भन्नुभयो । तर लिभिङ टुगेदर कांग्रेससँग र बिहे एमालेसँग गर्नुभयो । उनले थारु र मधेसीलाई दिएको आश्वासन र लडाइमा लगाएको मूल्य प्रचण्डले तिर्ने बेला आएको बताए । उनले संविधान संशोधन गरेर सबैका माग सम्बोधन गर्न आग्रह गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























