राजनीति

किसानलाई बर्ड फ्लुबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछ: मन्त्री साह

Banner

काठमाडौं,माघ ७-

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताएकी छिन्।

शनिवार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले गरिबी समुदायको बालबालिकाहरूको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको बताइन्।

उनले बालबालिकाको उमेरअनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यकता भए पनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरूको सिकार भइरहेको बताइन्। उनले बर्ड फ्लुबाट भएको क्षतिअनुसार क्षतिपूर्ति दिन मन्त्रालय तयारी गरिरहेको पनि बताइन्। मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरू बढाइ कृषिमा आत्मनिर्भर हुन लागिपरेको बताइन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>