अन्तर्राष्ट्रिय

पहिलो वैवाहिक वार्षिकोत्सवमा विक्कीले कट्रिनालाई के भने ?

Banner

काठमाडौं, पुस ६-
बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफले हालै आफ्नो विवाहको पहिलो वार्षिकोत्सव मनाएका छन्।

उनीहरूले गत वर्ष ९ डिसेम्बरमा विवाह गरेका थिए। उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइ मात्र सहभागी थिए। उनीहरू दुवैले एकअर्कालाई विवाहको वार्षिकोत्सवको शुभकामना दिँदै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका छन्।

विवाहको वार्षिकोत्सवको अवसर पारेर घुम्न गएका विक्कीले भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै कट्रिनाको तारिफ गरेका छन्।

‘कट्रिना सधैं भन्छिन् कि यदि तपाई केही राम्रो भन्न सक्नुहुन्न भने नराम्रो पनि नभन्नुहोस्। उनी बुद्धिमानी, दयालु र आफ्नो वरपरका मानिसहरूलाई धेरै सम्मान गर्छिन्। यस्ता कुराले उनलाई विशेष बनाउँछ। म उनको सम्मान र प्रशंसा गर्छु,’ उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>