नवलपरासी
पहिरोले दाउन्नेमा चार घर विस्थापित, पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा
०

कावासोती, असोज २६-
पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो जाँदा चार घर विस्थापित भएका छन् । लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्वपश्चिम राजमार्ग र बजारका घरमा चिरा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता सन्तोष पाठकले बताउनुभयो ।
पहिराका कारण सडक चर्किएपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फीरूपमा मात्रै सञ्चालन गरिएको र चर्किएका घरका परिवारका सदस्य र मालसामान सुरक्षित स्थानमा सारिएको पाठकले बताउनुभयो । सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक तयारी गरिएको प्रवक्ता पाठकले बताउनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























