Breaking News
नारायणगढ-बुटवल सडक विजोग बनाएर छाडेपछि गैडाकोटका स्थानीयले गरे चक्काजाम

चितवन,भदौ २७-
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम भद्रगोल बनाएर छाडेपछि नवलपुरको गैडाकोटका स्थानिय आक्रोशित भएका छन् । उनिहरुले आज (सोमबार) गैडाकोट वडा नम्वर ११ र १२ को सिमाना हर्कपुरमा एक घण्टा राजमार्ग अबरुद्ध गरेर विरोध प्रर्दशन गरेका छन् । ठेकेदार कम्पनीले समयमा काम नसक्दा धुलो र हिलोले आजित भएको भन्दै सांकेतिक रुपमा एक घण्टा चक्काजाम गरेको स्थानियले बताएका छन् । यो सडकखण्ड प्रयोग गर्ने यात्रुले दैनिक रुपमा सास्ती खेप्न बाध्य भएका छन् ।
सडकखण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि एक वर्ष थपिएको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका प्रमुख रमेश दिष्टीले गत साउनको २३ गतेदेखि लागू हुनेगरी ३८६ दिनका लागि आयोजनाको म्याद थपिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले भने दशैपछि मात्रै काम गर्ने जनाएको छ । गत साउन २२ गते सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति १८ प्रतिशतमात्र छ ।
























