Breaking News

नारायणगढ-बुटवल सडकमा काम नगर्ने कम्पनीलाई एक वर्ष म्याद थप

Banner

नवलपुर,भदौ १४-

सरकारले नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएर कामै नगर्ने निर्माण कम्पनीको एक वर्ष म्याद थपिदिएको छ । ठेक्का सम्झौता सकिँदा १८.४४ प्रतिशत मात्र प्रगति पुर्‍याउने चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको म्याद थपिएको हो । सम्झौताअनुसार ०७९ साउन २२ भित्र काम सकिसक्नुपर्ने हो । तर निर्माणमा सोचेअनुसार प्रगति छैन ।

दुई खण्डमा विभाजन गरेर यसको ठेक्का गरिएको हो । निर्माण व्यवसायीको ढिलाइले गर्दा तोकिएकै समयमा काम नसकिएको हो । ठेक्का सम्झौताअनुसार काम रोकिएको समयावधि गणना गर्दै त्यस अवधिको म्याद थप गरिएको स्रोतको भनाइ छ, जसअनुसार पूर्वी खण्डमा ३८६ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थपिएको छ ।

विभागका महानिर्देशक अर्जुनजंग थापा भने एक वर्ष म्याद थपिने भए पनि स्वीकृत भइनसकेको दाबी गर्छन् । ‘म्याद थपिएको समयभित्र काम गर्ने लिखित प्रतिबद्धता र काम गर्ने लक्ष्यको कार्यतालिका मागेका छौं, प्रतिबद्धता पूरा नगरे म्याद थपिए पनि बीचैमा ठेक्का तोड्छौं ।’ निर्माण व्यवसायीले भने दुवै खण्डमा ७३० दिन म्याद थप्नुपर्ने माग गरेको थियो । कोरियाली अन्तर्राष्ट्रिय परामर्शदाता केईसीसी–केडीईसीले तीन कारण उल्लेख गर्दै म्याद थप्नुपर्ने प्रस्ताव गरेको थियो ।कान्तिपुर दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>