नवलपुर
नवलपुरका ५० बढी क्लबसँग सेन्ट्रल कलेजको अन्तरक्रिया

नवलपुर,भदौं १-
नवलपुर जिल्लाका ५० बढी क्लबहरुसँग सेन्ट्रल कलेजले अन्तरक्रिया गरेको छ । कलेजको आयोजना र अभिषेक चर्चको समन्वयमा देवचुली नगरपालिकाको रजहरमा ५० बढी युवा क्लबहरुसँग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाईबी)ले कलेजले सदैव युवा लक्षित कार्यक्रम गरी उज्वल भविष्य निर्माणमा लागिरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेल क्षेत्रमा लगानी गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न कलेज तयार छ, यसलाई हामीले निरन्तरता दिनेछौँ ।’ उहाँले जिल्लाका साना ठूला सबै क्लबहरुसँग सहकार्य गरिएको बताउनुभयो । चितवन र नवलपुरलाई केन्द्र बनाएर कलेजले विभिन्न कार्यक्रम गरिरहेको प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै विभिन्न क्लबका प्रतिनिधिहरुले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा सहभागीलाई बल लगायतका खेलकुद सामाग्री समेत सहयोग गरिएको थियो । स्थापना कालदेखि नै जापानमा विद्यार्थी पठाउँदै आएको कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिसा प्रोसेसिङका कामसमेत धमाधम गरिरहेको छ ।

कलेजको शहीदचोक प्रेसमार्गमा रहेको केन्द्रीय कार्यालय र सौराहा चोक टाँडी, पर्सा, नवलपुरको कावासोती तथा तनहुँको दमौली र पोखरा शाखाबाट भाषा कक्षा र परामर्शका काम भइरहेको छ । विभिन्न देशका कलेज, युनिभर्सिटीसंँग सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलिया, क्यानडा, युकेका जुनसुकै शहरमा नेपालीले रोजेको बिषयमा पढ्न जान सेन्ट्रल कलेजको माध्यमबाट आवश्यक प्रोसेसिङका काम गर्न सकिने पौडेलले बताउनुभयो । सेन्ट्रल कलेजले हालसम्म सयौं विद्यार्थीलाई सेवा दिइसकेको उहाँको भनाइ छ ।
कलेजमा जापनिज भाषा, आईईएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु सञ्चालन भइरहेका छन् । सेन्ट्रल कलेज चितवन र यसका शाखाहरुमा एक साताअघि मात्रै जापानका कलेज, युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्येक्ष विद्यार्थीलाई परामर्श दिएका थिए । यस्तै कलेजबाट दुई साता अघि मात्रै उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका ३०० विद्यार्थीहरुले एकैपटक न्याट टेष्ट परीक्षा दिएका दिएका थिए ।

कलेजले रक्तदान, लागुपदार्थ दुव्र्यसनी विरुद्धका अभियान, ट्राफिक सचेतना, नेतृत्व विकास लगायतका कार्यक्रममा अग्रसर भएर काम गरिरहेको छ । विशेषगरी खेलकुदलाई प्राथमिकता राखेर स्थानीय स्तरमा हुने प्रतियोगिताहरुमा सेन्ट्रल कलेजले सहकार्य गर्ने गरेको छ । हाल एक हजार बढी विद्यार्थीले भाषा कक्षा लिइरहेको कलेजले जनाएको छ ।
























