नवलपरासी
‘पैसा नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाउने नवलपरासीका युट्युबर पक्राउ
०

काठमाडौं,साउन १०-
बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ । नकारात्मक सन्देश फैलाउने खालको प्य्राङ्क भिडियो बनाइ युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।
उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो । भुसाललाई नवलपरासी प्रहरीको सहयोगमा सोमबार पक्राउ गरी काठमाडौँ ल्याइएको ब्यूरोले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























