नवलपुर

नवलपुरमा घरको आँगनबाट वेपत्ता भएका बालक ९ दिनपछि मृत भेटिए

Banner

नवलपुर,असार २४-

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ शिवपुरगढीका २१ महिने बालक मृत फेला परेका छन् । असार १५ गतेदेखि हराएका बालक आज (शुक्रबार)मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय मणी थापाका २१ महिने छोरा प्रज्वल थापाको शव विनयी त्रिवेणी ७ रेवास्थित नहरको बीचमा भेटिएको हो । घर नजिकैको कुलोले बगाएर उनको मृत्‍यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बालकको शव पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । बालक घर अगाडीमा आँगनमा खेलिरहेको अवस्थामा असार १५ गते बिहान ९ः३० बजेबाट बेपत्ता भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>