नवलपुर
तीन दिनदेखि हराएका गैँडाकोटका गैरे मौलाकालिका बनमा मृत भेटिए
०

नवलपुर,असार २४-
नवलपुरको गैँडाकोट नगरपालिका ४ का ४६ बर्षिय लुमकान्त गैरे मृत अवस्थामा भेटिएका छन् । मौलाकालिका सामुदायिक वनमा गैरे मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।
असार २१ गतेदेखि हराइरेहका गैरे गैँडाकोट १ को मौलाकालिका सामुदायिक वनको मोहन चौतारीदेखि केहि भित्र भोटेखोला क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । विहान स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । भरतपुर अस्पतालमा पोष्ट मार्टम गरेपछि शव आजै परिवारले बुझेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























