नवलपुर
नवलपुरको कावासोतीमा आफैँले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु
०

नवलपुर,जेठ ३०-
नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती १७ निवासी ५५ वर्षीया शान्तिनाथ महता रहेका छन् । कावासोती १७ गोछडाटार निवासी खुसीराम थनेतको खेतबाट मकैको ढोड लोड गरी फर्कने क्रममा ना ७ त ३७७५ ट्याक्टर फस्न गई अचानक ढाला पल्टिएर चालकको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते चालकको उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























