नवलपुर
नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु
०
नवलपरासी,जेठ २३-
पूर्वी नवलपरासीमा आइतबार बेलुकी ५ बजे परेको वर्षासँगै आएको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घरनजिकैको बारीमा काम गरेर फर्किंदै गर्दा मध्यविन्दु नगरपालिका वडा नं ६, भण्डाराका ६० वर्षीय डिल्लीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका थारुको उपचारको क्रममा बेलुकी ५ः५० बजे मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ज्यान गएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























