नवलपुर
आइतबार नारायणगढ-बुटवल सडकखण्डको चोरमारामा ६ घण्टासडक बन्द हुने
०

नवलपुर,जेठ २०-
नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि ६ घण्टा सडक अवरुद्ध हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी जेठ २२ गते आइतबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक अवरुद्ध हुने जनाएको हो ।
चोरमारामा रहेको गिरुवारी खोलाको पुलको बीचमा प्वाल परेको कारण तत्काल मर्मत गर्नुपर्ने भएकोले जेठ २२ गते विहान ८ बजेदेखि दिउँसो २ बजेसम्मलाई पुलमा साना तथा ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको नवलपुर प्रशासनले जनाएको छ । एम्बुलेन्सलाई भने सो अवधिमा पनि रोक लगाइएको छैन । झण्डै ५० बर्ष पुराना नवलपुरका पुलहरु अत्यन्तै जीर्ण अवस्थामा रहेका छन् । पुलहरु बेलाबेलामा मर्मत गरेर पुन सञ्चालनमा ल्याउने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























