नवलपुर
विभिन्न प्रलोभनमा पार्दै ठगी गर्ने दुई जना गैँडाकोटबाट पक्राउ

नवलपुर,जेठ १७-
आफूलाई एक कम्पनीको आधिकारिक प्रतिनिधि बताउँदै गैँडाकोट नगरपालिका वडा नं १५ अमरापुरीस्थित १६ नंं चोकमा ठगी गरिरहेको अवस्थामा गैँडाकोट नगरपालिकाको अमरापुरीबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरस्थित संखु–५ बस्ने भाजुराम थापा मगर र काठमाडौँ शेषनारायण–८ बस्ने नवराज पौडेल रहेको अस्थायी प्रहरी पोस्ट गैँडाकोट–१३, बेल्डियाले जनाएको छ । उनीहरुलाई स्थानीय व्यवसायीले पक्राउ गरी अस्थायी प्रहरी पोस्ट बेल्डियाको जिम्मा लगाएका थिए । हाल अनुसन्धानका लागि उनिहरुलार्य इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ ।
उनीहरुले सो क्षेत्रका सीधा साधा व्यवसायीलाई झुक्याएर विभिन्न प्रलोभनमा पार्दै हैरान पारेको होटल सञ्चालकहरुले प्रहरीसमक्ष उजुरी गरेका छन् । उनीहरुले होटल व्यवसायीहरुलाई आफुहरु कम्पनीको आधिकारिक व्यक्ति भएको र व्यवसायीलाई फ्रिज, टेलिभिजन, छाता, गिलास, ओपनर आदि सामग्री निःशुल्क दिने भनी सामान खरिदको लागि अग्रिम रकम माग्दै ठगी गर्ने गरेको आरोप लगाइएको छ ।
























