नवलपुर
नवलपुरको कावासोतीमा गठबन्धनलाई धक्का, एमाले विजयी
०

कावासोती,जेठ ६-
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । प्राप्त जानकारीअनुसार यहाँ नेकपा एमालेबाट विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मतका साथ जित हासिल गरेका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १८ हजार ३०४ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि एमाले नै विजयी भयो । पार्टीबाट फूलकुमारी थनेत १९ हजार २४ मतका साथ विजयी भइन् । दोस्रो भएका माओवादी उमेदवार पतिराम थनेत १३ हजार ५६१ मत प्राप्त गरे । यहाँ कांग्रेस माओवादी गठबन्धन भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























