नवलपुर

नवलपुरको देवचुलीमा मेयर लड्न उपसचिवबाट राजीनामा दिएका भुसालले टिकट पाएनन्

Banner

नवलपुर, वैशाख १३-

नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन। सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो।‘टिकट पाइएन । राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ,’ भुसालले भने।

उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन। देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए। देवचुलीमा कांग्रेसले अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ। माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>